कार्कीले आज शपथ ग्रहण गर्दै

बिराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यतालिका रहेको बताइएको छ ।

यस्तै शपथ ग्रहणका लागि दिउँसो २ बजेको समय तय भएको प्रदेश प्रमुख कार्यालयले बताएको छ । यस्तै कोशी प्रदेशमा १० महिनामा पाँचपटक मुख्यमन्त्री परिवर्तन भइसकेका छन् भने यसअघि एमालेका हिक्मतकुमार कार्की र नेपाली कांग्रेसका उद्धव थापा २–२ पटक मुख्यमन्त्री भएका थिए ।

विशेषगरी कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की शनिबार नियुक्त भएका हुन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार