आज एकीकृत समाजवादीको सचिवालय बैठक  बस्दै

काठमाडौं । आज बाट नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक  सुरु हुने भएको छ ।

विशेषगरी मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको महासचिव घनश्याम भुसालले बताउनुभयो । भुसालका अनुसार बैठक आज र भोलि बस्ने बताउनुभयो ।

यस्तै  बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने उनले जानकारी दिइनु भयो । यद्यपि बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार