महानिर्देशक दाहालले विभागमा गरेको ७ महिने कार्यकाल सार्वजनिक

काठमाडौँ । अहिले वैदेशिक रोजगार विभागबाट सरुवा भएका मदन दाहालले महानिर्देशकको रुपमा गरेको कामका विवरण सार्वजनिक गरेको बताएका छन् ।

विशेषगरी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भएका उनले आफ्नो ७ महिने कार्यकालमा गरेको कामको विवरण समेत सार्वजनिक गरेका हुन् ।

यस्तै गत जेठ ४ गते वैदेशिक रोजगार विभागमा हाजिर भएका दाहालले सात महिने कार्यकालमा उनले आफ्नो कार्यकालमा २ वटा मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरिएको बताएका हुन् । यद्यपि एक मेनपावर व्यवसायीको कारबाही भने फिर्ता भएको छ भने   श्रममन्त्री शरतसिंह भण्डारी समक्ष पुनरावलोकनका लागि परेको निवेदनमाथि छानबिन गर्दै लाइसेन्स खारेजीको निर्णय बदर गरेको जानकारी दिनुभएको छ ।

यस्तै दाहालले आफ्नो कार्यकालमा १६ मेनपावर व्यवसायीलाई निलम्बन गरेका छन्  भने ३२ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको जानकारी दिनुभयो । दाहालको कार्यकाल अवधिमा मेनपावर व्यवसायीबाट ठगिएको भन्दै २६९ उजुरी, १६२ मिलापत्र गराइएको बताए ।

विशेषगरी मेनपावर व्यवसायीबाट ठगी वापत २ करोड ९२ हजार ६१३ रुपैयाँ क्षतिपूर्ति पीडितलाई भुक्तानी गराइएको जानकारी दिनुभयो । यद्यपि व्यक्तिगत रूपमा ठगीको भन्दै ५९२ उजुरी, २३ करोड २७ लाख ९७ हजार रुपैयाँ क्षतिपूर्ति दाबी, ६० मुद्दा अदालतमा दर्ता र ६८ मुद्दा मिलापत्र गरिएको दाहालले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार