यती एयरलाइन्सले आइपीओ निष्कासन गर्ने

२५ औँ वर्षमा पाइला टेकेसँगै यती एयरलाइन्स सम्मानित भएको छ । नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ले एयरलाइनसको २५ औं वर्षको अवसरमा सम्मान गरेको हो ।

क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पालाई बधाई सहित सम्मानपत्र हस्तान्तरण गरेका छन् । काठमाडौँबाट लुक्लासम्म पहिलो उडान भरेको यो एयरलाइन्सको सन् १९९८ सेप्टेम्बर २४ मा स्थापना भएको थियो ।

स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा एयरलाइन्सले आइपीओ निष्कासन गर्ने घोषणा गरेको छ । एयरलायन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पाले सर्वसाधारणलाई प्रिमियममा आइपीओ निष्कासन गर्ने बताए ।

साथै यतीले एटीआर जहाज ५ वटाबाट थप १० वटा पुर्याउने भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार