तपाईंलाई लाग्दो हो, म एउटा यहुदी भएको हुनाले युद्धमा सघाउन इजरायललाई साथ दिन्छु

इजरायलको चौथो प्रधानमन्त्रीका रूपमा चुनिएकी गोल्डा मायरले एक कार्यकाल मात्र चलाइन् । उनको कार्यकालमा अन्तिम अरब‑इजरायल युद्ध भयो ।

१८९८ मा युक्रेनको कीभमा जन्मिएकी तर पछि अमेरिकामा शिक्षा लिएकी गोल्डा सन् १९२१ मा त्यो बेलाको प्यालेस्टाइनमा आइपुगेकी थिइन् । सन् १९४८ मा इजरायललाई स्वतन्त्र मुलुकका रूपमा स्थापित गर्न उनको भूमिका महत्त्वपूर्ण मानिएकाले नै पछि उनी प्रधानमन्त्रीसमेत बनिन् ।

र, उनको कार्यकालमा इजरायलले त्यो विजय हासिल गरेन, जुन पहिलो युद्धमा पाएको थियो । तर पनि उनले इजिप्ट र लेबनान सरकार प्रमुखहरूलाई भेला गराएर हामी हजुरबा, हजुरआमा भइसक्यौँ, देशको भविष्य नातिनातिनालाई छाडौँ, तिनको भविष्य बिगार्न हाम्रो कुनै अधिकार छैन भनी गरेको भाषण निकै स्मरणीय मानिन्छ ।

यो त भयो, फिल्मको पृष्ठभूमि ।

फिल्ममा एउटा दृश्य छ, अमेरिकी विदेश सचिव हेनरी किसिन्जर गोल्डालाई भेट्न इजरायल पुग्छन्  किसिन्जरले प्रस्ट भन्छन्, ुतपाईंलाई लाग्दो हो, म एउटा यहुदी भएको हुनाले युद्धमा सघाउन इजरायललाई साथ दिन्छु । तर पहिलो त म अमेरिकी नागरिक हुँ, अमेरिकी सरकारको प्रतिनिधि हुँ, दोस्रो, ……. हुँ, तेस्रोमा मात्र म यहुदी हुँ ।

गोल्डाले जवाफमा भन्छिन्, “सामान्य बेलामा तपाईंले भनेको कुरा ठीक हो तर संकटको घडीमा यो हुन सक्दैन । उल्टोबाट चाहिँ प्राथमिकता बदलिन्छ । शुरूमा तपाईं यहुदी बन्नुपर्छ, दोस्रो र तेस्रो प्राथमिकता फरक हुनसक्छ ।”

पछि युद्धविराम हुन पुग्छ । युद्धविराममा प्रधानमन्त्रीका हैसियतले इजरायलले केही सम्झौता गर्नुपर्ने हुन्छ । त्यो संसदीय समितिलाई मन पर्दैन र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने हुन्छ ।

फिल्मले इतिहासमा फर्केर १९७३ मा भएको योम किपुर युद्धको समीक्षा गरे पनि फिल्मले इतिहासमा कम जानकारी हुनेहरूका लागि खासै नयाँ जानकारी दिँदैन ।

त्यसैले यो फिल्म मेरो रेटिङमा पाँचमध्ये २ स्टार मात्र दिन्छु ।

फेसबुक प्रतिक्रिया

लेखकको बारेमा

अच्युत कोइराला

लेखक नागरिक दैनिकमा आबद्ध हुनुहुन्छ

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार