काठमाडौँ – बेलायत सरकारले अक्टोबर ४ तारिकबाट अन्य देश बाट बेलायत अध्ययन गर्न जाने बिद्यार्थी तथा पर्यटकबाट लीने भिषा आबेदन शुल्कमा वृद्धि गरेको छ ।
छ महिना भन्दा कम समयको भ्रमण भिसाको लागत £ 100 बाट £ 115 हुदै छ, त्यसैगरी दुइ र ५ बर्षको भिषा फी पनि वृद्धि भएको छ । जबकि UK बाहिरबाट विद्यार्थी भिसाको लागि आवेदन शुल्क £ 490 हुनेछ।
जुलाईमा बेलायत सरकारले अधिकांश काम र भ्रमण भिसाको लागतमा 15% र प्राथमिकता भिसा, अध्ययन भिसा र प्रायोजन प्रमाणपत्रहरूको लागतमा कम्तीमा 20% वृद्धि गर्ने घोषणा थियो ।
बेलायतको भिसा शुल्क किन बढ्दैछ ?
जुलाईमा, बेलायती प्रधानमन्त्रीले घोषणा गरे अनुसार देशको सार्वजनिक क्षेत्रको ज्याला वृद्धिको आबस्यकता पूरा गर्न भिसा लागत वृद्धि गर्न लागिएको हो।
बेलायतको गृह मन्त्रालयले अधिकांश काम र भिजिट भिसाको लागतमा १५ प्रतिशत वृद्धि हुने जनाएको छ । प्राथमिकता भिसा, अध्ययन भिसा र प्रायोजनको प्रमाणपत्र कम्तिमा २० प्रतिशतले बढ्ने छ।
https://visa-fees.homeoffice.gov.uk/ बाट सम्पादित