हवाई भाडा बढ्यो

चाडपर्वको समयमा वायु सेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । खुला बजारमा उपभोक्तालाई छनोटको अधिकार भए पनि एयरलाइन्सहरूले मिलेमतोमा दुई गुणासम्म बढाएर एउटै भाडादार तोकेका छन् ।

दसैं आउनै लाग्दा वायुसेवा कम्पनीहरुले शतप्रशितसम्म भाडा बढाएका छन् । सामान्य अवस्थामा काठमाडौं-धनगढीको एकतर्फी हवाई भाडा ६ देखि ७ हजारसम्म हुने गरेकामा अहिले १३ हजार ५ सयदेखि १७ हजार रुपैयाँसम्म तोकिएको छ । त्यस्तै अन्य अवस्थामा ५ हजारमा पाइने नेपालगन्जको टिकटको मूल्य १० हजार र ६ हजार आसपास रहेको भद्रपुरको भाडा १२ हजार रुपैयाँ तोकिएको छ ।

हवाई इन्धन, विमानस्थल कर र हवाई भाडाको आधार दरका आधारमा आन्तरिकतर्फको हवाई टिकटको मूल्य निर्धारण हुन्छ । विगत केही वर्षयता एयरलाइन्स कम्पनीहरुले हवाई इन्धनमा भएको मूल्यवृद्धिलाई आधार बनाएर भाडादर बढाइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण सह-प्रवक्ता ज्ञानेन्द्र भुलको भनाइ छ ।

टिकट महँगो भएकै कारण दसैं सुरु हुन १० दिन बाँकी रहँदासम्म पनि ५० प्रतिशत हाराहारी मात्रै टिकट बुकिङ भएका छन् । आन्तरिक उडानमा पनि मूल्य अभिवृद्धि कर थपिएपछि टिकट झन् महँगो भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार