1x Bet मा विज्ञापन गर्नेलाई कारबाही भयो, गेम चल्दैछ

देशमा व्यवस्था परिवर्तन भयो । अवस्था भने हरेक दिन गिजोलिदै गइरहेको छ । अहिलेका नव पुस्तामा जस्तो आक्रोस, बेरोजगारले दिएको मानसिक तनाव जस्ता अन्य रोगहरू यसअघिको पुस्तामा खासै थिएनन् भन्दा पनि हुन्छ । जनसंख्या वृद्धि खासै नभएपनि बेरोजगारीको वृद्धि भने अतुलनीय रूपमा आकासिएको छ । जसले निम्त्याएका सामाजिक र आर्थिक समस्याहरूको चर्चा नगरेकै बेस ।

नेपालका अधिकांश युवावर्ग  केही काम नगरी कुस्त पैसा कमाउने लोभमा अनेकौं अनलाइन गेमको शिकार भएका छन् । यसले उनीहरूको समय त जसो तसो बर्बाद पार्यो नै, ती गेम तथा अनलाइन अर्निङ एपको विज्ञान नबुझेर नमज्जासँग  ठगिन पुगेको कुरा विविध अनलाइन माध्यमले बेला बेला बताइरहेका छन् ।

के हो 1X Bet ?

केही अन्तराष्टिय अनलाइन माध्यमले बताए अनुसार यो एक अनलाइन क्यासिनो हो । सन् २००७ मा स्थापना भएको 1xBet कम्पनीले अहिले भारतीय बजारमा तहल्का पिटिरहेको छ । त्यसैको असर जो नेपालमा हामी देखिरहेको छौँ । जसको गलत विज्ञापन गर्दा केही महिना अघि केही नामी हास्यव्यङ्ग्य कलाकारले कानुनी सजाय भोगेको समाचार त सर्वविदितै छ ।

सन् २००८ मा, 1xBet ले नाइजेरियाली फुटबल महासंघ र अफ्रिकी महासंघसँग साझेदारी गर्‍यो । पछि, जनवरी २०२२ मा 1xBet लाई नाइजेरियाको राष्ट्रिय इजाजतपत्र प्रदान गरियो । अहिले नाइजेरियामा 1X Bet ले कानुनी मान्यता पाएको छ ।

सन् २०१९ मा 1xBet कम्पनीले MGA Games सँग सम्झौतामा हस्ताक्षर गरेको छ । यसले अरु पनि नयाँ अनलाइन गेमहरूको समावेश गर्दै आफ्नो पोर्टफोलियो विस्तार गर्दै आएको छ ।

यसरी यसले अन्य देशमा कानुनी मान्यता पाए पनि नेपाल लगायत केही देशमा कानुनी मान्यता पाएको छैन । यसरी कानुनले वर्जित गरेको चीजको लुकिछिपी तथा खुलेआम प्रचार प्रसार गर्नु कानुनी सजाय भोग्न तयार हुनु हो ।

सन् २०१९ मा द सन्डे टाइम्सले गरेको अनुसन्धान पछि 1xBet को इजाजतपत्रको आधारमा यूकेमा अनलाइन क्यासिनो आयोग ( UKGC ) द्वारा यसको खारेज गरिएको थियो । यसले  पोर्नहब क्यासिनोलाई प्रवर्द्धन गर्नुको साथै बालबालिकालाई खेलकुदमा सट्टेबाजी लगाउने र गैरकानूनी वेबसाइटहरूमा विज्ञापन गर्न लगाउने गरेको खुलासा भएपछि यसको खारेज भएको थियो । साथै यसमा प्रतिबन्ध लागेको अरु पनि थुप्रै समाचार सामाजिक सञ्जालमा भेट्न सकिन्छ ।

रूसले पनि यस एपको प्रचार प्रसार गर्नेलाई कालो सूचीमा राख्ने गरेको समाचार बाहिरिएको छ ।

1X Bet ले कसरी पैसा कमाउँछ ? 

यसमा गेम खेल्नको लागि आफुसँग केही मात्रामा पैसा हुनुपर्छ । यो अनलाइन सट्टेबाजी गेम हो । जसमा खेल्नको लागि विविध सर्तहरू छन् । ती सर्त लागू गरेमात्र खेलाडीले यसबाट पैसा कमाउन सक्छन् । तर यसो गर्नाले आफ्नो बैंक खाता ह्याक हुने लगायतका अनेक समस्या आउन सक्छन् । केही ह्याकरहरुले यही माध्यमबाट अरूको बैंक अकाउन्ट ह्याक गरी लुट्नु सम्म लुटेका छन् । विना परिश्रम र सजिलै पैसा कमाइ हुने लोभ गर्नेहरूको त झन् कुरै नगरौं । यसको विज्ञापन पनि बेला बेला हाम्रो सामाजिक सञ्जालमा देखिने गरेका छन् । जसलाई नेपाली कानुनले कानुनी अपराधको संज्ञा दिई अपराधको नियम समेत तोकेको छ ।

नेपालमा टेलिग्राम, भाइबर लगायत अन्य सामाजिक सञ्जालमा 1X Bet काे विशाल समूह रहेको छ । जसमा लाखौं युवाहरु हरेक दिन नजानिँदो रूपमा समय र पैसाको शिकार भइरहेका छन् । यो गैरकानुनी काम हो । उनीहरूलाई थाहा छ । तर नेपाल सरकारले यी 1X Bet लगायत अन्य गैर कानुनी अनलाइन प्लेटफर्महरुलाई नियमन गर्न सकेको छैन । यसको कानुन बनाएर प्रचार प्रसार गर्नेलाई कडा  भन्दा कडा कानुनी सजाय सजाय दिन सके मात्रै हजारौं युवाहरु ठगी धन्दाबाट बच्न सक्छन् । आफूलाई सही गन्तव्यमा डोर्याउन सक्छन् । नत्र भने यसको कुलतले  विकराल अवस्था सिर्जना गर्ने अवस्था देखिन्छ ।

1X Bet प्रयोगकर्ताहरु मध्ये धेरै जसोले फेक आईडी बनाउने गरेको पाइन्छ । जसले सयौँ सोझा साझा युवाहरुलाई सजिलै ठग्ने गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार