बिकास बिरोधीलाई जनताले बेलैमा चिन्नुपर्छ – महेश बस्नेत

भक्तपुर श्रावण २, नेकपा एमालेका पोलिव्युरो सदस्य तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले व्यक्तिगत स्वार्थका लागि खानेपानी तथा बिकासका आयोजनलाई असफल बनाउन लागिपर्ने व्यक्तिलाई जनताले बेलैमा चिन्नुपर्ने आवस्यकता औँल्याउनुन भएको छ ।

भक्तपुर जिल्ला दधिकोट शहरी खानेपानी समितिको निर्वाचन कमीटीले आयोजना गरेको नयाँ पदाधिकारी स्वागत कार्यक्रममा बोल्दै वहाँले सो कुरा बताउनु भएको हो ।

मुख्य पदाधिकारी पदमा लगभग नेकपा एमालेले समर्थन गरेको समूहले सबै पदमा जित हासिल गरेकाले एमालेको स्थानीय सँगठनले आयोजना गरेको जस्तो देखिएको कार्यक्रममा बोल्दै वहाँले बिगत ३५ बर्षमा हुन नसकेको बिकासको काम भक्तपुर २ मा हामीले गरेका छौँ कसैलाई हेर्न इच्छा भए आए हुन्छ भनेर स्वागत पनि गर्नु भयो ।

बाग्मती प्रदेश साँसद किरण थापाले बर्षाको पानी सँकलन गरेर भक्तपुर जिल्लालाई आकाशेपानी सँकलन गरी शुद्द खानेपानी खुवाउने आयोजना अगाडि बढिसकेकोले अब त्यो पुरा हुन धेरै समय नभएको बताउनु भयो ।

सोही कार्यक्रमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजाले स्वागत मन्तव्य राख्दै यस अघिका खानेपानीका अध्यक्ष अनिल श्रेष्ठले गरेको कामको उच्च मुल्याँकन भएको बताउनु भयो । वहाँले भन्नु भयो अनिल जीले गरेको कामको उचीत मुल्याँकन भएकै कारणले हामीले मुख्य पदहरुमा जीत हासिल गरेका छौ । वहाँले अब हामी मिति तोकेरै खानेपानी आउने समय तालिका तयार गर्ने छौँ ।

सुर्य बिनायक नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटाले घोषित र अघोषित रुपमा ६ दलिय गठबन्धन गरी हामीलाई हराउन खोजे पनि जनताले हाम्रो कामको उच्च मुल्याँकन गरेको बताउनु भयो । हामीले वडाका विभिन्न स्थानमा गएर समस्याहरु सँकलन गरेका थियौ अब समाधानका लागि दिन रात खटेर समस्याको समाधान निकाल्ने छौँ ।

स्थानीय प्रतिनिधि तारा सापकोटाले हामीले गरेको कामको जनताले सही मुल्याँकन गरेकाले नै यो निर्वाचनमा जीत हासिल गरेको बताउनु भयो ।

स्थानीय युवा नेता राजु लुबन्जार श्रेष्ठले आन्तरिक खिचतानी र मनमुटाव नराखी काम गरेकाले नै हामीले यो जित हासिल गरेको बताउनु भएको छ ।

दधिकोट सहरी खानेपाली तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा कृष्णहरी खड्का लगायतको टिमले जित हासिल गरेको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तुलसा दाहाल, बाग्मती प्रदेश पूर्व साँसद शशिजँग थापा, राजकुमार जोशी आदिको उपस्थीति रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार