विमानस्थलमा अध्यगमन अधिकारी-प्रहरी टकरावः सेटिङको बिषय अन्तिम कारण

काठमाडौँ-  भिजिट भिषाको बिषयलाई लिएर भनिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमनका अधिकारी र प्रहरीबीच भएको झगडा भिजिट भिषाको बिषयलाई भन्दा पनि सरकारले शसस्त्र प्रहरीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षाका जिम्मा दिने बिषयलाई भएको बुझिएको छ ।

नेपालीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खाडि तथा उच्च जोखिमयुक्त देशमा जान अनुमति दिइएको कारण रुसी सेनामा नेपाली युवाहरु भर्ना भई युक्रेनसँगको युद्धमा मर्न थाले पछि नेपाल प्रहरीको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीलाई निकै दवाव सिर्जना भएको थियो । यस बाहेक सुनकाण्डदेखि अन्य बिकृतिका कारणमा प्रहरीलाई देखाउने गरिएको छ । यसबाट नेपाल प्रहरी रुष्ठ बनेको थियो ।
बिस्वस्त सुत्रका अनुसार सेटिङबाट आउने पैसा कर्मचारी मात्रै मिलेर खाने तर आफूलाई बिकृतिको बोझ बोकाउने भएपछि प्रहरी कर्मचारीसँग चिढिएका थिए । यसैको परिणामस्वरुप हिजोको घटना भएको हो ।

अध्यागमनका कर्मचारी ड्युटी सकेर फर्कन लागेका वेला चेकजाँचको विषयलाई लिएर विवाद हुँदा कुटाकुट भएको थियो।
प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानलाई कुटपिट गरेको र अध्यागमन प्रमुख गोगनकुमार हमालमाथि समेत दुर्व्यवहार गरेको भने पनि प्रहरीले सुरुमा अध्यागमन कर्मचारीले हात हालेको दाबी गरेको छ । यो घटनालाई लिएर गृह मन्त्रालयले छानबिन समिति बनाएको छ ।

ड्युटीबाट फर्कन लागेका कर्मचारीमाथि प्रहरीले खानतलासी लिन लागेपछि विवाद सुरु भएको थियो । कर्मचारीले आफूहरूमाथि किन खानतालासी गर्न लागेको भन्दै प्रहरीलाई असहयोग गरेका थिए । त्यही क्रममा प्रहरीमाथि गाली गलौज भएको र विवाद बढेपछि हानाहान भएको थियो । सिसिटिभी भिडियोमा पनि दुवै पक्षबाट हानाहान भएको देखिएको छ । अध्यागमन कार्यालयले गृह मन्त्रालयमा पठाएको विवरणअनुसार सुरुमा प्रहरी जवान रविरञ्जन गुप्ताले अश्लील शब्द प्रयोग गरी गाली गरेका थिए । पछि असइ सञ्जय तामाङलगायत प्रहरीले लछारपछार गरी कुटपिट गरेका हुन् ।

सो विषयमा सिसिटिभी मोनिटर रुममा अध्यागमन अधिकारी र प्रहरीले भिडियो हेर्ने क्रममा फेरि विवाद भएको थियो । त्यहाँ डिएसपी रेवतीरमण पोखरेल, इन्स्पेक्टर मधुसूदन विकसहितका प्रहरीले फेरि ढोका बन्द गरी अध्यागमन प्रमुख गोगनकुमार हमाललगायतमाथि फेरि कुटपिट गरेको भन्दै अध्यागमनले उनीहरूमाथि समेत कारबाहीको माग राखी मन्त्रालयलाई पत्राचार गरेको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि कारबाही हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउँछन् ।

विमानस्थलमा केही महिनाअघिदेखि नै प्रहरी र अध्यागमनबीच विवाद छ । अध्यागमनले भिजिट भिसाको सेटिङ चलाएको प्रहरीको आरोप छ । जसमा प्रहरीले अध्यागमन अधिकृतसहितलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अध्यागमनका अधिकारीले भने प्रहरीले आफ्नो काममा हस्तक्षेप गर्दै आएको आरोप लगाउँदै आएका छन् । प्रहरीले अनुसन्धानमा तानेको भन्दै अध्यागमन कर्मचारीले केही दिनअघि कामसमेत रोकेर विरोध गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार