भिजिट भिसामा विदेश हिँडेका २७ जनालाई अध्यागमनले यात्रा अनुमति दिएन

काठमाडौं । भिजिट भिसामा विदेश हिँडेका २७ जनालाई अध्यागमन कार्यालयले रोकेको छ ।

भ्रमण उद्देश्य नखुलाई दुबई, कुवेत, कतार र मकाउ हिँडेका उनीहरूलाई रोकिएको हो ।

अध्यागमन कार्यालयका अनुसार फिर्ता गरिएकाहरूमध्ये अधिकांश युएई जान लागेका थिए । जसमा युएई जान लागेका २४, कुवेत, कतार र मकाउ जान लागेका एक/एक जना रहेका छन् ।

उनीहरूले आफ्नो आवश्यक कागजातसमेत नबोकेको र भ्रमणका बारेमा प्रस्टरूपमा भन्न नसकेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार