मधेस प्रदेशमा कांग्रेसको सम्मेलनको बन्दसत्र सुरु

जनकपुर  । मधेस प्रदेशमा नेपाली कांग्रेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । आज बाट जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको छ ।

विशेषगरी प्रदेशसभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गर्नु भएको छ ।

यद्यपि आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका हुन् । यस्तै बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेको प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिइनु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार