पुँजीवादमा अत्यधिक वर्ग सङ्घर्ष

पुँजीवादी समाजमा मानिसहरु विभिन्न वर्गमा विभक्त भएका हुन्छन् । यस व्यवस्थामा परस्पर विरोधी पुजीपति र सर्वहारा वर्ग नै प्रमुख हुन् । पुजीवादी समाजमा पुजीपतिहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने गर्दछ । यहाँ एउटाले अर्कोलाई सिध्याउने र टाट पल्टाउने खेल मात्र खेलिरहेका हुन्छन् । अर्थात पुजीपति वर्ग एकले अर्काको श्रम हडपेर पुजीको सन्चय गर्न व्यवस्था टिकाउ चाहन्छ भने अर्कोतिर सर्वहारा बर्ग त्यसलाई भत्काएर शोषण अन्त्य गर्न चाहन्छ ।

पुजी सन्चय र पुजीवादी पुनरुत्पादनको प्रक्रिया भौतिक साधनको पुनरुत्पादन मात्र नभए पुजीवादी सम्बन्धको पनि विस्तारित पुनरुत्पादन हो । एकातिर यसले ठुला-ठुला पुजीपतिलाई जन्माउछ भने अर्कोतिर मजदुर वर्गको संख्यामा वृद्धि गरेर झन बढी भाडाका मजदुर उत्पादन गर्दछ । त्यस्तै एकातिर पुजीको राशिमा वृद्धि गर्दछ भने अर्कोतिर बेरोजगारीको संख्या वृद्धि गर्दै लैजान्छ । पुजीवादी उत्पादन पद्धति पुजीवादी समाजको परिधिभित्र मात्र सिमित रहदैन । जति पुजीवादको विकास हुँदै गयो उति नै मात्रामा मजदुर वर्गको क्रयशक्तिमा ह्रास आउछ ।राष्ट्रियस्तरको आम्दानीको हिसाब गर्दा उनीहरुसग केवल सानो हिस्सा मात्र बाकी रहन्छ । वर्तमान अवस्थामा नेपाल यहीँ गतिमा अगाडि बढेकाे छ ।

उद्योग, कारखानामा जेजति उत्पादित बस्तु निर्माण हुन्छन्, ती सबै मजदुर वर्गका सामुहिक उत्पादन हुन् । उत्पादनका विभिन्न शाखाहरु एक अर्कामा निर्भर हुन्छन् । जस्तै: घर निर्माण गर्दा इटा बनाउने, रड बनाउने, झ्याल डोका बनाउने लगायतका यावत सामाग्री विभिन्न शाखाबीच आपसी सम्बन्ध र निर्भरता हुन्छ । कुनै पनि मजदुरले मैले यो सामाग्री बनाएको हो भनेर दाबी गर्न सक्दैन । तर उत्पादनका साधन र सामाजिक श्रमको उपजमाथी स्वामित्वको स्वरुप निजि क्षेत्रको हुन्छ । यसरी उत्पादित बस्तु सामुहिक हुने तर स्वामित्व चाहिँ निजी हुने परिपाटीले उत्पादन शक्ति र उत्पादन सम्बन्धबीच अन्तरबिरोध हुन्छ । तसर्थ मजदुर वर्ग पुरानो उत्पादन पद्धति भत्काउन क्रान्तिको तयारीमा जुट्नुको विकल्प अर्को उपाय हुदैन । वास्तवमा पुजीवादी उत्पादन पद्धतिले आफ्नो चिहान आफै खन्छ । जसले गर्दा आफ्नो विरुद्ध मजदुरहरु लाई एकै ठाँउमा जम्मा हुने र संगठित हुने अवसर प्रदान गर्दछ ।

पुजीवाद जीवित रहनका लागि निर्धन सर्वहारा वर्गको अस्तित्व हुनुपर्छ । श्रम शोषण, उत्पीडन गर्नु नै पुजीवादको प्रवृत्ति हो । यस व्यवस्थामा मजदुरलाई धम्काउने, कुटपिट गर्ने, मानसिक तनाव दिने जस्ता काम हुने गर्छ । कारखाना बाहिर मजदुर बस्ने घरमा भाडा महँगो बनाएर उनीहरूलाई सडकका छेउछाउमा, नदिका किनारामा पराले झुपडी र प्लास्टिकले बेरेर झुप्रामा बस्न बाध्य बनाइन्छ । यस्ता खालका शोषणको मात्रा बढ्दै गएपछि मजदुर आन्दोलन स्वाभाविक रूपमा प्रखर बन्दै जान्छ । झन सम्पुर्ण स्रोत साधन बाट बन्चित भए पछि यो बर्ग क्रूर लडाकु हुन्छ । जसले गर्दा मजदुरलाई आफ्नो उदेश्य सार्थक बनाउनका लागि संचालन गरिने सङ्घर्षमा सर्वहारा वर्गलाई उत्पीडनमा परेका अन्य वर्ग र सहयोग प्राप्त हुन्छ र पुजीवादी व्यवस्था विरुद्ध सर्वहारा वर्गको नेतृत्वमा संचालित हुने क्रान्तिले विभिन्न रुप र आकार ग्रहण गर्छन । विभिन्न स्वरूपका युनियनमा मध्येको एउटा रुप आर्थिक सङ्घर्ष हो । जस्तै : कारखानामा कामको घन्टा घटाउने, ज्याला अथवा मजदुरी बढाउने, नोकरी बाट निकालिएका मजदुर लाई पुनर्बहाली गर्ने, कामको प्रकृति सुधार गर्ने लगाएतका माग राखेर हडताल, बन्द, जुलुस प्रदर्शन, धर्ना आदि सङ्घर्ष गर्छन्, तर आर्थिक क्रान्ति एउटा सीमा सम्म हुन्छ । मजदुरका माग पूरा भएपछि आन्दोलनको औचित्य सकिन्छ । पुजीवाद विरुद्ध सङ्घर्ष गरी त्यसको ठाँउमा समाजवाद ल्याउन त्यो सङ्घर्ष भन्दा पनि धेरै जटिल छ । पुजीवादले सामन्तवादलाई समाप्त गर्न चार सय वर्ष लामो सङ्घर्ष गर्नु परेको थियो । सर्वहारा वर्गले केवल बुर्जुवा वर्गसग मात्र जुधेर सुख हुदैन । हजारौंहजार वर्षदेखि कायम हुदै आएको तमाम वर्गीयआचरण, सम्पुर्ण शोषक वर्ग, वर्गीय प्रवृत्तिहरु र पुरातनवादी सस्कृती विरुद्ध पनि सङ्घर्ष गर्नु जरुरी छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार