प्रधानमन्त्रीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने 

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गर्नु भएको छ । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ ।

एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री प्रचण्डले देशवासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले बताउनुभयो  ।

विशेषगरी प्रधानमन्त्री दाहाल आफैँले एक वर्षपछि नयाँ ढङ्गले काम गर्न चाहेको प्रष्ट पार्दै आउनुभएको छ ।प्रधानमन्त्रीले सोमबारमात्रै पनि आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको जानकारी दिइएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार