मंसिर २८ गते बालकृष्ण खाँणको मुद्दामा सुनुवाइ हुने

काठमाडौं। मंसिर २८ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाँणको निवेदनमाथि सुनुवाइ हुने भएको छ।

विशेषगरी उच्च अदालत पाटनले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेसी तोकेको होक ।
यस्तै उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बालकृष्ण खाणसँग धरौट माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा दुई न्यायाधीशको राय बाझिएको थियो । पछि उनको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश भएको थियो।

यद्यपि यस अघि नै आदेशमा उच्च अदालत पाटनले ९ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार