काठमाडौं महानगरले आजदेखि सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखी प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो ।

विशेषगरी महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न मनाइ गरेको छ । यस्तै महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि सूचना जारी गर्दै आजदेखि लागु हुने गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागसहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइने बताएको छ ।

यद्यपि कसैले अवज्ञा गरेर बिक्री वितरण गरेको पाइए महानगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने महानगरले उल्लेख गरेको छ ।
यस्तै “कसैले यो सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरीमार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुनअनुसार अधिक्तम सजाय गरिनेछ,” महानगरले उल्लेख गरेको छ ।

काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ ले स्थानीय तहमा   रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयसहितका सार्वजनिक स्थलमा धूमपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा सुर्तीजन्य पदार्थलाई निषेध गरेको बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार