कृषि पढ्ने विद्यार्थी न्यून

चितवन । पछिल्लोपटक कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी न्यून रहेका छन् । यस्तै पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी नै छैनन् ।

विशेषगरी विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने दिइदै आएका थिए । यद्यपि पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएर यस वर्ष एक हजार तीन सय ६५ जनाले मात्रै आवेदन दिइए । जसमध्ये एक हजार ५५ जना प्रवेश परीक्षामा उत्तीर्ण भएका थिए ।

यस्तै कृषि सङ्कायका डिन प्रा. डा. अर्जुनकुमार श्रेष्ठका अनुसार विद्यार्थीको सङ्ख्या घट्दो रहेको बताएका छन् । अघिल्लो वर्ष एक हजार पाँच सय २३ जनाले आवेदन दिएकामा सात सय ५३ उत्तीर्ण भएका थिए । त्यसको अघिल्लो वर्ष उत्तीर्ण हुनेको सङ्ख्या आठ सय मात्र थिए  । जसमा एक हजार सात सय जनाले आवेदन दिएका थिए ।

कृषि सङ्कायका डिन प्रा. डा. अर्जुनकुमार श्रेष्ठका अनुसार चार हजारभन्दा बढी विद्यार्थीले आवेदन दिने गरेकामा क्रमशः घट्दै गएको बताए । विश्वविद्यालयको दैलेखको दुल्लुस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा गत वर्ष विद्यार्थी शून्य नै भएका थिए ।

यस्तै विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुर, कास्कीको पुरनचौर र सिन्धुलीको मरिनबाहेकका आङ्गिक क्याम्पसमा आधाभन्दा पनि कम विद्यार्थी पढाउनुपरेको उहाँले स्पष्ट पार्नु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार