आज संसदीय समितिका सभापतिहरुसँग सभामुख घिमिरेले छलफल गर्दै

 
काठमाडौं । आज सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्नु हुनेछ । विशेषगरी संसदीय कामकारबाही र संसदीय समितिका गतिविधिका विषयमा उहाँले छलफल गर्न लाग्नु भएको बताइएको छ । 

यस्तै बैठकमा समितिका कामकारबाहीका विषयका साथै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल घनिभुत रूपमा हुनेछ । सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच यसअघि छलफल भएको थियो ।

यद्यपि सार्वजनिक लेखा समिति सभापतिमा ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमाका भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा दीपकबहादुर सिंह, अर्थ समितिको सभापतिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा.आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा अब्दुल खान रहदै आउनुभएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार