पूर्वराजा ज्ञानेन्द्र शाह झापा जाँदै

काठमाडौँ । आज पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापा प्रस्थान गर्ने भएका छन् । विशेषगरी शनिबार झापामा तय भएको राजावादीहरुको कार्यक्रममा सहभागी हुन पूर्वराजा त्यसतर्फ प्रस्थान गर्न लागेको बताइएको छ ।

यद्यपि बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी हुन पूर्वराजा प्रस्थान गर्न हुन् । यस्तै यो कार्यक्रमका क्रममा राजावादीहरुले शक्ति प्रदर्शन समेत गर्न लागेको बताइएको छ । अहिले  राप्रपालगायतका राजावादी शक्तिहरु जुटेका छन् ।

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए । उहाँका अनुसार पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी छ । अहिले आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागीताा रहने दाबी गरिएको छ ।

यद्यपि भोलि ८ हजार मोटरसाइकल ¥याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको तयारी छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँमा आन्दोलन चर्काइरहेको बेला उनको गृहजिल्लामा राजावादीको छुट्टै शक्ति प्रदर्शन हुन लाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार