आज सूचना विभाग र सञ्चार मन्त्रालयको वेबसाइट ‘डाउन’

काठमाडौँ । आज सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन भएको छ । आज शुक्रबार मन्त्रालय र विभागको वेभसाइट खोल्दा खुलेको छैन ।

विशेषगरी आज दुवै साइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ भन्ने लेखिएको मात्र देख्न सकिन्छ । यद्यपि नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या यसअघि पनि पटक–पटक हुँदै आएको छ ।

यस्तै साइट डाउनबारे के भएको हो भनेर मन्त्रालयका सहसचिव बाबुराम भण्डारी लगायतको टोलीले समस्या पत्ता लगाउने काम गरिरहेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखा शमर्माले प्रष्ट पार्नुभएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार