नेपाली सेनामा हजारौं संख्यामा खुल्यो भर्ना

काठमाडौँ । आज नेपाली सेनाले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ ।

विशेषगरी खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सकिने व्यवस्था छ ।

यद्यपि ट्रेडका फलोअर्स पदहरूको हकमा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्न सकिनेछ । दरखास्त आजबाट पुस ७ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार