पुनः ‘ड्यूटी फ्री सप’ त्रिभुवन विमानस्थलमा राखिंदै

काठमाडौं । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः ‘ड्यूटी फ्री सप’ राखिने भएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बोलपत्र आह्वान समेत गरेको छ ।

विशेषगरी कार्यालयका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रस्थानतर्फको पहिलो तला र आगमनतर्फ अध्यागमन नजिकै कार्यालयमा कुल १०१.९ वर्गमिटर क्षेत्रफलमा करमुक्त पसल सञ्चालन भएको छ ।

यद्यपि यो स्थानमा खुला प्रतिस्पर्धाको माध्यमबाट ठेक्का बन्दोबस्द गरी बोलपत्र आह्वान गरिएको कार्यालयले बताएको छ । सरकारको सम्बन्धित निकायबाट करमुक्त पसल सञ्चालन र बण्डेड वेयर हाउसको इजाजत प्राप्त गरेका इच्छुक व्यक्ति/फर्म तथा संस्था र कम्पनीले बोलपत्र फारम भर्न सक्ने विमानस्थल कार्यालयले बताएको छ ।

यस्तै करमुक्त पसल सञ्चालनका लागि प्रस्थानतर्फ साविकमा नेशनल ट्रेडिङले भाडामा लिएको र आगमनतर्फको क्षेत्रको न्यूनतम बहाल ५ वर्षका लागि १५ करोड १५ लाख २१ हजार २५७ रुपैयाँ रहेकोे छ ।
भने दोस्रो वर्षदेखि बहाल रकममा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्यवृद्धि सूचकांकको अनुपातमा भाडा स्वतः वृद्धि हुने समेत सर्त बनाइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार