आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले झण्डै ७ किलो सुन बराबद

काठमाडौं । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले झण्डै ७ किलो सुन बराबद भएको छ ।
आज राति करिब १२ बजे ६ किलो ५ सय ६५ ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ गरिएको विमानस्थल प्रहरी कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दले बताउनुभयो । यस्तै दुबईबाट आएका तीन विदेशी नागरिक पक्राउ परेका हुन् ।

यद्यपि पक्राउ पर्नेमा इजिप्टका सेरिप मोहम्मद रहेको चन्दले बताए । दुई सुडानी नागरिक ओस्मान अलावेद इब्राहीम र मोहम्मद उस्मानलाई पनि पक्राउ गरिएको चन्दले जानकारी दिनुभयो । अरु थप विवरण आउन बाकी नै रहेकोे जानकारी दिनुभयो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार