भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु – ट्राफिक प्रहरी

काठमाडौँ । भोलि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।

विशेषगरी भोलि काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले र्‍याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने कार्यालयले बताएको छ ।

यस्तै बिहीबार एकै दिन दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघ नेपालले काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्ने भएका छन् । यद्यपि सम्भावित असहज स्थितलाई मध्यनजर गर्दै प्रशासनले विभिन्न स्थानमा निषेधित क्षेत्र समेत घोषणा गरेको छ ।

त्यसकारण ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अप्रिल गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार