प्रधानमन्त्रीले अर्थतन्त्रको विद्यमान अवस्था र भावी योजनाबारे सुझाव लिदै

काठमाडौँ । आज  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशाका बारेमा सरोकारवालासँग छलफल गर्नुभएको हो ।

विशेषगरी आज मंगलबार दिउँसो सिंहदरबारमा आयोजित कार्यक्रममा मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन के गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग प्रधानमन्त्रीले सुझाव लिनुभएको छ ।

यद्यपि छलफलमा अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका पदाधिकारीहरुको सहभागीको उल्लेखनिय सहभागी थियोे । हिजो सोमबार देशको अर्थतन्त्रबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

यस्तै मन्त्री महतसहित राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिसँग सामान्य ब्रिफिङ लिएपछि प्रधानमन्त्रीले अन्य सरोकारवालासँग छलफल गर्नुभएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार