पोखरा विमानस्थलमा चार्टर फ्लाइट हुने

काठमाडौँ । अब क्षत्रिय विमानस्थल पोखरामा पुनः चार्टर फ्लाइट हुने भएको छ । विशेषगरी आगामी नोभेम्बर २३, २०२३ अर्थात् मङ्सिर ७ गते चिनियाँ जहाज पोखरा आउने भएको हो ।

यस्तै ‘माउन्टेन क्रस कन्ट्री कम्पिटिसन’ रेस प्रतियोगिताको अवसरमा धावक खेलाडीसहित चिनियाँ पर्यटक चार्टर फ्लाइटमार्फत नेपाल आउन लागेको बताइएको छ । उक्त चार्टर फ्लाइटमार्फत खेलाडी प्रतिनिधिसहित १०४ जना चिनियाँ पर्यटक नेपाल आउने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले जानकारी दिनुभयो  ।

यस्तै असारमा पोखरामा आयोजित ड्रयागन बोट रेस फेस्टिभलमा पनि दुई वटा चार्टर फ्लाइटमार्फत चिनियाँ पर्यटक नेपाल आएका हुन्  । अन्तर्राष्ट्रिय विमानस्थल बनेर पनि नियमित उडान हुन नसकिरहेको अवस्था चिनियाँ दूतावाससँगको साझेदारीमा विविध कार्यक्रम गरेर चार्टर फ्लाइटमार्फत पर्यटक भित्र्याउन बोर्ड लागि परेको सिइओ रेग्मीले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार