सर्वोच्चमा १४ वटा रिट दायर, टिकटक प्रतिवन्धको मुद्दामा आज सुनुवाई हुने

काठमाडौं । हिजो हेर्न नभ्याईएको टिकटक प्रतिवन्धको मुद्दा आज मंगलबारका लागि सुनुवाई हुँदैछ।

हिजो बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू अनन्तराज लुइँटेल, स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले टिकटकमा प्रतिवन्ध लगाउने सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन मागसहित रिट दायर गरेको रिटमा सोमबारका लागि पेसी तोकिएपनि हेर्न नभ्याईनेमा थियो ।

विशेषगरी सर्बोच्चमा १४ वटा अलग अलग रिट परिसकेका छन्। यस्तै टिकटक प्रतिबन्धविरुद्ध परेका रिटको सुनुवाइ सोमबार न्यायाधीश डा.कुमार चुडालको इजलासमा तोकिएको हो । उक्त रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरेका छन्  ।

यता सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार