माइतीघरमा युवा संघ र प्रसाईंको प्रदर्शन गर्न नदिने प्रशासनको निर्णय 

काठमाडौं । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने भएको छ ।

यस्तै सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले बताएका हुन् । विशेषगरी दुबै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धता जनाएको पनि उनले बताएका छन् ।

यता दुबै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएका छन् । दुई पक्षको प्रदर्शन जुध्दा शान्ति सुरक्षामा खतरा हुने प्रशासनको अनुमान गरेको छ । र, सो ठाउँ जुधेका कारण दुबै पक्षलाई अन्तै कार्यक्रम गर्न आग्रह गरेको छ ।

विशेषगरी मेडिकल व्यवसायी प्रसाईंले पछिल्लो समय राजतन्त्रको वकालत गर्दै आएको पाइन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार