सबै प्रदेश मिलेर सिंहदरबार घेराउ गरौं – मन्त्री चन्दन सिंह

३० कार्तिक, काठमाडौँ  । आज मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले संघीयतालाई स्थायित्व दिने हो भने तत्काल प्रहरी र निजामती कर्मचारी नियुक्तिको अधिकार प्रदेशलाई दिनुपर्ने बताएका हुन् ।

आज बिहान नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री सिंहले बताएका हुन् । आजको संघीयता मधेसी छोराहरूको रगतले आएको हो । र, संघीयतालाई स्थायित्व दिने हो भने प्रदेशलाई प्रहरी र निजामती कर्मचारी नियुक्तिको अधिकार दिनुपर्ने बताए ।

मन्त्री यादवले भने त्यसका लागि प्रधानमन्त्रीलाई मधेस प्रदेशको मुख्यमन्त्रीसहित पूरै मन्त्रिपरिषद्, सबै संसदीय दलको नेताहरूको हस्ताक्षरमा एक महिने अल्टिमेटमसहित ज्ञापन पत्र दिएको गुनासो गर्नुभयो । यस्तै  प्रधानमन्त्रीले त्यसमा सकारात्मक छौं पनि भन्नुभएको थियो । तर, माग पूरा नभएको जानकारी दिइए । अब यसका लागि हामी भोलिदेखि आन्दोलनको तयारीमा लाग्छौं । यो अधिकारका लागि आन्दोलन हो । अब सबै प्रदेश मिलेर सिंहदरबार घेराउ गर्नुपर्छ ।’ भन्दै आक्रोश पोखेका थिए ।

प्रदेश मन्त्री सिंहले मधेस प्रदेशले रेमिट्यान्सको अनुपातमा बजेट नपाएको असन्तुष्टि पनि जनाउनुभयो । मधेस प्रदेशबाट सबैभन्दा धेरै मानिस विदेश गएको र संघीय सरकारलाई सबैभन्दा बढी रेमिट्यान्स उनीहरूले नै पठाएको बताउँदै उहाँले संघीय सरकारले रेमिटयान्सको अनुपातमा मधेसलाई बजेट नपठाएको  गुनासो गर्नुभयो । सिंहले अब मजदुरभन्दा पनि प्रशिक्षित कामदार विदेश पठाउनुपर्ने बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार