हमास-इजरायल युद्धमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौं,
गत शनिबारबाट सुरू भएको इजरायल प्यालेस्टान युद्धमा परि हालसम्म २ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

शनिबार बिहान प्यालेस्टाइनको गाजा क्षेत्रबाट इजरायल प्रवेश गरेका हमास लडाकूहरुले गरेको आक्रमण सँगै इजरायलको तर्फबाट भएको प्रतिरक्षा हमलामा परेर हालसम्म २ हजार १ सय भन्दा धेरैले जयान गुमाएको बीबीसीले जनाएको छ ।

बिबिसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने गाजातर्फ ९ सय जना मानिस मारिएका छन्।

इजरायलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन्।

द न्युयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरू इजरायलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार हाल इजरायलमा ४ हजार ७ सय ६५ जना नेपाली रहेका छन् । जसमा ४ हजार ५ सय जना कियर गिभरको रुपमा र २६५ जना विद्यार्थीको रुपमा त्यहाँ पुगेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार