जहाज बनिसक्यो अब नियमित अन्तराष्ट्रिय उडानमा छौं : नेवानि

काठमाडौं, नेपाल वायुसेवा निगमले आफ्ना सबै मर्मत गर्नुपर्ने जहाजहरु नियमित मर्मत सम्भार भइसकेकोे र उडानका लागि मिति २०८० आश्विन २९ गतेदेखि सबै जहाजहरु तयार रहेको जनाएको छ ।

आज बेलुका बिज्ञप्ति प्रकाशन गर्दै निगमले भनेको छ, केही दिन देखि निगमका जहाजहरुमा प्राबिधिक समस्या आएका कारण जहाज अल्पकालीन ग्राउन्डेड भई उडानहरु प्रभावित भएको हुंदा नियमानुसार आवश्यक मर्मत पस्चात् नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिदै गर्दा मिति २०८० आश्विन २९ गते देखि सबै जहाजहरु नियमित उडानमा रहेका छन । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरुलाइ आ–आफ्नो गन्तब्यमा पुग्न सहज हुनेछ भन्ने निगमको बिश्वास रहेको, बिज्ञप्तीमा भनिएको छ ।

अल्पकालीन प्राबिधिक समस्याको कारण उडान प्रभावित भई यात्रुवर्गमा पर्न गएको असुविधा प्रती क्षमायाचना गर्दै आगामी दिनमा यस्ता समस्या न्यूनीकण गर्न उचित व्यवस्थापन गर्दै लैजान निगम प्रतिबद्ध रहेको छ ।

कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्बन्धित प्राविधिक विभागलाई कडा निर्देशन दिँदै यस्ता समस्याहरु दोहोरिन नदिने गरि काम गर्न र उक्त जहाज ग्राउन्डेड हुनुका कारणहरुबारे स्पष्ट पार्न समेत जनाऊ दिनुभएको छ । कतै कसैको कमि कमजोरी भएमा कडा कार्वाही समेत हुने भनी निर्देशन दिनुभएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार