लुटपाटमा संलग्न प्रहरीको गोली लागेर घाइते

काठमाण्डौँ, लुटपाटमा संलग्न एक व्यक्ति प्रहरीको गोली लागेर घाइते भएका छन् । गोकर्णेश्वर नगरपालिका–३ जगडोलमा प्रहरीको गोली लागी सिन्धुली कमलामाईका अमर घलान घाइते भएका हुन् ।

दाहिने घुँडा र तीघ्रामा गोली लागेर घाइते घलानको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीले बताए ।

मैनालीका अनुसार घलानको साथबाट ७ राउन्ड गोलीसहितको एक थान पेस्तोल बरामद भएको छ । मोटरसाइकलमा आएका तीन जनाको समूहलाई पछ्याउँदै गएको प्रहरीमाथि आक्रमण प्रयास गरेकाले जवाफी कारबाहीको क्रममा घलानलाई गोली हानेर नियन्त्रणमा लिएको मैनालीले बताए ।

घलानसहितका व्यक्ति काठमाडौंमा लुटपाटमा संलग्न रहेको उनले बताए । प्रहरीले सर्लाहीका सन्त लामा र सिन्धुपाल्चोकका जितेन लामालाई पनि दुई थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार