क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको बताएको छ ।

यस्तै जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दीप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको जानकारी दिनुभयो । उहाँले ‘सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरू आइपुग्नुभएको छैन, भन्नू भयो । आज गोला तान्ने क्रममा त्यो फाँटको सबै मुद्दा स्थगित भएको हो ।’

विशेषगरी बालिका बलात्कारको आरोप लागेका लामिछाने विरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार