नेपाल वायुसेवा निगमका दुई कर्मचारी किर्ते कागजात प्रकरण निलम्बित

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई किर्ते कागज प्रकरणमा निलम्बनको पत्र काटेको छ । विशेषगरी निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका निगमका मानव संसाधन विभागका प्रमुख अशोक सिग्देलले जानकारी दिइनु भएको छ ।

यस्तै पोखरेल र यादव नक्कली कागजातका आधारमा कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा गत मंसिर १९ गते पक्राउ परेको पनि सिग्देलले बताउनुभयो।

आज प्रहरीले पोखरेल र यादव पक्राउको जानकारी गराएपछि उनीहरुलाई निलम्बनको पत्र काटिएको सिग्देलले प्रष्ट पार्नुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार