३ करोड २३ लाख कित्ता आइपीओ आउँदै

काठमाडौँ, थप पाँच कम्पनीले ३ करोड २३ लाख ९३ हजार ७८ कित्ता आइपीओ निष्कासन गर्ने भएका छन् । पाँच कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

जगदम्बा स्टिल, एसवाई प्यानल, माविलुङ इनर्जि लिमिटेड, एपेक्स हस्पिटालिटी र याम्बालिङ्ग हाइड्रोपावरले आइपीओ जारी गर्नेका लागि बोर्डमा आवेदन दिएका हुन् ।

जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले अङ्कित मूल्य १ सय रुपैयाँमा २ सय रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ३ सय रुपैयाँमा २ करोड ७० हजार कित्ता आइपीओ निष्कासन हुन लागेको हो । कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

याम्बालिङ्ग हाइड्रोपावरले अङ्कित मूल्य १०० रुपैयाँमा २८ लाख कित्ता आईपीओ निष्कासन गर्न भएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी एपेक्स हस्पिटालिटीले २४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

माविलुङ इनर्जिले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न भएको छ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न भएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । अब बोर्डले अनुमति दिए पश्चात् कम्पनीहरुले आइपीओ निष्कासन गर्ने लागेका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार