सरकारले वीर अस्पतालका कर्मचारीलाई तलव खुवाउन सकेन

काठमाण्डौं, वीर अस्पतालमा कार्यरत २७९ जना कर्मचारीलाई सेवानिवृत गरिएको छ । लामो समयदेखि कायम रहेको दरबन्दी समस्याका कारण उनीहरूलाई सेवानिवृत गरिएको र यसको समस्या चाँडै समाधान हुने स्वस्थ्य मन्त्रीले बताएका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाण्डौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले कोभिड–१९ को बेला नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताएका छन् ।

मन्त्री बस्नेतले भने, ‘हिजो म आउने बेला १० महिनादेखि तलब नपाएर बसेका सयौँ कर्मचारीहररूलाई मैले ९५ करोड भनेको थिए । अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैयाँ फाजिलमा खर्च भएको छ । सम्माननीय प्रधानमन्त्री ज्यूको निर्देशनमा यो बाँड्ने काम भएको थियो । सधैँ फाजिलका लागि बाँड्न सक्ने अवस्था अहिले छैन ।’

मन्त्री बस्नेतले देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि हटाउन बाध्य भएको बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार