आइपुगिन् फुटबलर साम्बा

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’इजरायलबाट नेपाल आइपुगेकी छन्।

उनी गएराति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

उनी थाइल्याण्ड ट्रान्जिट हुँदै नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौं आइपुगेकी हुन्। उनलाई स्वागत गर्न एन्फाका प्रवक्ता शाह विमानस्थल पुगेका थिए।

उनी गत साउनमा इजरेली प्रिमियर लिग खेल्न इजरायल गएकी थिइन्। उनले हापोइल रानाना क्लबबाट खेलेकी थिइन्।

गत शनिबार प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले इजरायलमाथि आक्रमण गरेपछि साम्बा क्लबले उपलब्ध गराएको अपार्टमेन्ट छोडेर इजरायलस्थित नेपाली राजदूतका स्वकीय सचिव अर्जुन घिमिरेको परिवारसँग बस्दै आएकी थिइन् । त्यहाँबाट उनी थाइ एअरलाइन्सको जहाजबाट थाइल्याण्ड पुगी नेपाल एअरलाइन्सको जहाजबाट बुधबार काठमाडौं आइपुगकी हुन्।

सेतोपाटी

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार