लगानीकर्ता सचेत हुनुपर्ने

धितोपत्र बजारमा देशको अर्थतन्त्र तथा राजनीतिक अवस्था, तरलताको स्थिति, व्याजदर, आदिको प्रभाव पर्ने गर्छ। यसैले लगानीसम्बन्धी निर्णय लिँदा आर्थिक, सामाजिक तथा राजनीतिक पक्षलाई ध्यानमा राखी लगानी निर्णय लिन जरुरी छ।

लगानी क्षमता र प्रतिफलमा मुद्रास्फीतिको समेत प्रभाव पर्ने भएकोले मुद्रास्फीतिको असरलाई ध्यान दिँदै लगानीको प्रतिफल मूल्यांकनका लागि लगानीको वास्तविक प्रतिफल दरलाई आधार बनाउँदा उपयुक्त हुन्छ। विशेषगरी एकल वा अप्रत्याशित घटना एवं असरबाट हुने घाटाबाट आफ्नो लगानीलाई सुरक्षित राख्न लगानी विविधीकरणमा जोड दिन आवश्यक छ।

धितोपत्रमा गरिने लगानीमा प्रतिफलसँगै जोखिमसमेत रहने हुँदा जोखिमलाई न्यूनीकरण गर्न आफ्नो लगानी क्षमता अनुरुप लगानी गर्न लगानीकर्ता सचेत हुनुपर्ने देखिन्छ। धितोपत्र कारोबारमा हुने जोखिमलाई व्यवस्थापन गर्न, अनपेक्षित वित्तीय तथा आर्थिक प्रभावहरूबाट सुरक्षित रहन लगानीसम्बन्धी रणनीतिक योजना तयार गर्नुको साथै आपत्कालीन कोषको व्यवस्था गर्ने बानी गर्नुपर्छ।

लगानी गर्नुअगाडि हतार नगरी लगानीका सम्बन्धमा स्वतन्त्र रूपमा अध्ययन तथा अनुसन्धान जरुरी छ। हतारमा लगानी निर्णय गर्न दबाब दिने जो कोहीलाई पनि अविश्वास पनि गर्नुपर्छ।

डा.नवराज अधिकारी
– कार्यकारी निर्देशक, नेपाल धितोपत्र बोर्ड

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार