के हाम्रा प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेटेकै हुन् र ?

काठमाडौँ – भर्खरै संयुक्त राज्य अमेरिकाको महासभामा भाग लिन गएका नेपालका प्रधानमन्त्रीको एउटा तस्बिर सार्वजनिक भएको छ । उक्त तस्बिर प्रधानमन्त्रीको निजी सचिवालयले लिएको हो । जसमा अमेरिकी राष्ट्रपति जो वाइडेनसँग हाम्रा प्रधानमन्त्री टाँसिएर बसेका छन् । साथै गंगा दाहालसँग वाइडेनकी श्रीमती पनि रहेकी छिन् । तस्बिरमा उनी पनि टाँसिएरै बसेकी देखिन्छ । राससमा उल्लेखित समाचार अन्सार नेपालका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसँग छोटो भेटघाट भएको जनाएको छ । प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्यका अनुसार उहाँले जो वाइडेनसँग भेट गर्नुभएको हो ।

यदि प्रचण्डको भेट भएको थियो भने अन्य तस्बिर पनि सार्वजनिक हुन सक्थे । हात मिलाएको तस्बिर सार्वजनिक नभएर अगाडि हेरिएको तस्बिर मात्र सार्वजनिक भएकोले प्रचण्डको भेटलाई सार्वजनिक चासो निवारणका लागि मात्र खुलस्त गरिएको हो कि भन्ने शंकाको दृष्ट पैदा भएको हो ।

तर सचिवालयले एउटा भन्दा बढि तस्बिर सार्वजनिक गरेको छैन । न्यूयोर्क बस्ने नेपालीहरुका अनुसार संयुक्त राष्ट्रसंघमा नयाँ तथा पुराना राष्ट्रपतिहरुका तस्बिरका साथै संसारभरिका प्रख्यात व्यक्तित्वहरुको मैनले बनाइएको दुरुस्त मुर्तीहरु राखिएको छ। प्रचण्डको तस्बिर पनि त्यही मैनले बनाइएको तस्बिरसँग मेल खाने भएकाले प्रचण्डको भेटघाट नभएको बताइएको छ ।

जो वाइडेनसँग खिचिएको तस्बिरमा निकै टाँसिएर खिचिएको हुनाले पनि यो तस्बिरलाई शंकाको दृष्टिले हेरिएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार