करिब ७ किलो अवैध सुन न्यूरोडबाट बरामद

काठमाडौँ । करिब ७ किलो अवैध सुन न्यूरोडबाट
बरामद भएको छ । विशेषगरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको बताएको छ ।

यद्यपि  पदम पाण्डको न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको प्रहरीले बताएको छ ।

यस्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको जानकारी दिनुभएको छ । यद्यपि प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पुर्‍याएर जोख्ने काम भइरहेको र त्यसअघि एकिन परिमाण आउने बताइएको छ । उक्त सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार