चार दिनसम्म काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने – नेपाल विद्युत् प्राधिकरण

काठमाडौं । आजदेखि चार दिन काठमाडौंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले बताएको छ । यस्तै भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणले बताएको हो ।

आज  चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ ।

यद्यपि बिहान ९ः३० देखि दिउँसो २ बजेसम्प विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार