भूत मेला कमला नदीमा

जनकपुरधाम । आज धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुइँचो लागिरहेको छ । विशेषगरी कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुको घुइँचो लागेको बताइएको छ ।

यस्तै सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नवधामीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग सतबैद पनि लिइरहेका छन् । सो क्षेत्रका नदी किनारमा भगत खेल्नेको घुइँचो लागेको छ । उनीहरूले आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायी बासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन रहिआएको बताइन्छ ।

यस्तै कतिपय नवधामीझाँक्री कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेको र आज बिहानै स्नान गरेको श्रद्धालुले जानकारी दिनुभयो । यद्यपि कमला नदीमा स्नान गरेमा कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी स्नान गर्नेको सङ्ख्या उल्लेखनीय रहेको छ ।

आज सिरहाको बन्दीपुरमा पर्ने उत्तरबाहिनी, चिकना, निर्दन्ना, चतरी, सारश्वर, बरेरबा, फूलबरिया र भारतको बिहारको जयनगरको कमला नदीको दुबैतिर स्नान गर्ने तथा नवधाधीझाँक्रीहरुहरुको जतातै घुइँचो रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार