१ लाख बढी विदेशी पर्यटक नोभेम्बर महिनामा  भित्रिए

काठमाडौं। पछिल्लो महिना नोभेम्बरमा पनि १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

यस्तै अध्यागमन विभागको तथ्याङ्क अनुसार नोभेम्बर महिनामा १ लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएको जानकारी दिइएको छ । विशेषगरी अघिल्लो महिना अक्टोबरमा १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएर हालसम्मकै उच्च रेकर्डका साथ कायम गरेका छन् ।

यद्यपि २०२३ को ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या ९ लाख १८ हजार ३०८ रहेका छन् । उनीहरू हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या मात्र हो । त्यस्तै ‘बाई बस’ स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूको सङ्ख्या यसको तीन गुणा बढी रहेको पर्यटन बोर्डको अनुमान रहेको छ ।

सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो नोभेम्बर महिनामा कूल पर्यटक आगमन मध्ये २० प्रतिशत पर्यटक छिमेकी मुलुक भारतबाट आएको बताएको छ ।

यस्तै भारतबाट २४ हजार ४४३ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् भने दोस्रोमा संयुक्त राज्य अमेरिकाबाट ११ हजार ४६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ६०१ जना नेपाल आएको उल्लेख गरिएको छ । यता बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइल्यान्डबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलङ्काबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार