सकारात्मक सोच

जीवन एकचोटी मात्र बाँचिन्छ । यसलाई पुर्ण रुपमा वा आनन्द साथ बाँच्ने हाम्रो हातमा छ । प्रत्येक पलमा आफु र अरूलाई  सर्वोत्तम दिन आफुलाई प्राथामिकतामा राखेर गरौ । किनभने तपाईको आफ्नो खुसि कसैमा निर्भर छैन । जिवनमा सफल हुने क्षमताको विकासका लागि सकारात्मक सोचले आशावादि बनाउँछ। नकारात्मक सोच हुने‌हरू आफ्नो बारेमा हैन, अरूको बारेमा बढी चिन्तन गर्दछन् । तर, आफ्नो बारेमा केही सोच्दैन् । अरूलाई राम्रो देख्छ आफुलाई हैन अरूको त यस्तो भयो, उस्तो भयो, उ त त्यो ठाउ पुग्यो, म कहिले पुग्ने लगायत विभिन्न नकारात्मक कुरा गरेर आफ्नो जिवनको मुल्य समय अरूसग तुलना गरेरनै जिवन‌ बिताइरहेको हुन्छ । सत्य के भने, आजको मानिस बाहिरी संसारको तनावको तुलनामा आफ्नै मनको द्वन्द्वले बढी सताइएको छ । मानिस आफैसित टाढिएको छ । आफैसित टाढिएकाले धेरै टेन्सनमा छ । आफैसित टाढिएको छ किनभने ऊ आफूभित्रको यात्रा गर्न असमर्थ छ । सारा दुनियाँ फनफनी घुमे पनि आफैभित्र प्रवेश गर्न मानिस असमर्थ छ । यही असमर्थता नै आधुनिक तनावको मूल स्रोत हो ।

म को हुँ ? कहाँबाट आएँ ? मरेपछि कहाँ जानेछु ? के गर्दा मलाई खुसी प्राप्त हुन्छ ? के भयो भने मलाई रिस उठ्छ वा लोभ लाग्छ वा कामवासना जाग्रत हुन्छ ? सुखशान्तिको उपाय के छ त ? यस्ता कुनै पनि प्रश्नको उत्तर प्राप्त गर्न आफूभित्र प्रवेश गरेर आफैलाई हेर्न जरूरी हुन्छ ।

हामीमध्ये धेरैलाई सकारात्मक सोच के हो थाहा छ र ?तर पनि हामि‌ सबैलाई कसरि सकारात्मक हुने या कसरी नकारात्मक मनोवृति राख्ने थाहा छैन । अहिलेको व्यस्त दुनियामा आफुलाई समय दिन सकिराखेका छैन मान्छे । अहिले मान्छे हरू खुसि भन्दा नि बढी सुख खोज्न थाल्छन । सोच बदल्न केहि काम आवश्यक पर्दछ । किनकि  मनोवृत्ति र विचारहरु एकै रातमा परिवर्तन हुदैन । धेरै जसो मान्छेहरु आफ्नो चिन्त शान्त निर्मल सकारात्मक र आझै प‌सन्न होस् भन्ने धेरै मानिसको चाहना हुन्छ ।

यदि हामी तनावमा छ या हाम्रो मन सोच नकारात्मक छ भने  हमिलाइ दु:ख हुन्छ । यसको प्रतिकुल असर पर्छ । यसले हाम्रो पेशा पारिवारिक जीवन र मित्रता  सम्बन्धहरू नस्ट  गर्न सक्छ। यति मात्र का होर ? अहिलेको अवस्था हेर्नी हो भनी धेरै जसो मान्छेहरु  जिवनमा  तनावहरु र सानोसानो कुरामा रिस उठ्ने झगडा गर्ने लागु औषध दूरब्यबहारमा फस्ने अनेक प्रकारका मान्छे आफ्ऩो शरिर नै त्याग्न समेत‌ तयार हुन्छन्न । अझै हेर्नी हो भने विभिन्न सामाजिक संजालमा आइरहेको हुन्छ । आत्मा हत्या कारणले दैनिक १९/२० जनाको ज्यान गइरहेको समाचार सुनिन्छ ।आत्महत्या मानसिक रोगी जस्तालाई मायाममता सकारात्मक कुरा  उसको मनभावना बुझ्ने आफ्ना समस्या तथा भावनाहरु पीडितले भन्न कोसिस गरिएका हुन सक्छ त्यसैले उनिहरूको संकेत बुझिदिनु पर्छ ।

स्वस्थ, खुशी व्यक्तिहरू आजको दिन कसरी उपयोगी बनाउने भनेर सोच्दछन र कसरी सफलता हासिल गर्ने भनेर प्राय जस्तो सोच्ने गर्दछन । यसरी सकारात्मक दृष्टिकोणको विकासले तपाईंको सम्पूर्ण जीवनलाई परिवर्तन गर्न सक्दछ। एलोन मस्क एक सकारात्मक सोच राख्ने व्यक्ति हुन् र एक सफल बिजनेस मानिस हुन् । उनी भन्ने गर्छन कि हरेक साधारण मानिस, असाधारण मानिस बन्न सक्छ । यसका लागि बस तपाइले सकारात्मक सोच राख्नु पर्ने हुन्छ ।असफल केहि छैन, म गर्न सक्छु भनेर सकारात्मक सोच राख्न सक्नु चाही पर्छ । सकारात्मक सोच नै तपाइको सफलताको पहिलो खुड्किलो पनि हो । सकारात्मक सोच राख्न सकारात्मक हुन हामीले निम्न कुरामा ध्यान दिन सक्छौ ।

१ )विहानको समयमा एक घण्टा व्यवसाय, पढाई अन्य कुनै पनि कुराको बारेमा नसोच्ने । अर्थात दिमागलाई धेरै भारि नबनाउने ।
२)स्वास्थ्यमा ध्यान दिने । नियमित व्यायाम गर्ने । विहानको चिसो हावामा हिड्ने आदि ।
३)खानपानमा ध्यान दिने । ज्यादै धेरै र ज्यादा कम भन्दा पटक पटक थोरै खाईरहने । पानीको मात्रा मिलाएर पिउने ।
४)स–सान काम गर्दा पनि त्यो कामसँग आनन्द लिने ।
५)कसै सग तुलना नर्गने देखासिखिमा आफ्ना आवश्यकता नबढाउने ।
६) आफ्नो काममा रमाउने  ।आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने।
७) आफ्नो लक्ष्य सेट गर्न तपाईंका लक्ष्यहरू दैनिक सेट गर्नुहोस्। तपाइँको प्राथमिकताहरू माथिदेखि तलसम्म योजना गर्नुहोस्। लक्ष्यहरू राख्नु तपाईंलाई ड्राइभ र प्रेरणा प्रदान गर्दछ तपाईं जीवनमा आनन्दित र सफल हुन आवश्यक छ।
सकारात्मक सोचको शक्ति भनेको तपाइँको फाइदाको लागि आफैँलाई प्रतिबद्ध गर्ने विधि हो। आफ्नो दिमागलाई महत्त्वपूर्ण विषयमा केन्द्रित गर्दै समस्याहरूसँग ट्याकल गर्ने रणनीतिहरू विकास गर्न यसले सहयोग गर्छ। सकारात्मक सोच लिने व्यक्तिहरूले बढी सफल र खुशी जीवन बिताउँछन् भन्ने कुरा अध्ययनले पनि देखाएको छ।

फेसबुक प्रतिक्रिया

लेखकको बारेमा

अन्जलि सिलवाल

अन्जलि सिलवाल लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयमा कानुन संकायमा अध्ययनरत हुनु हुन्छ ।

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार