नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले १३ औं दिनका दिन आन्दोलन स्थगित गरे

काठमाडौँ । आज नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको बताएको छ । आज १३ औँ दिनबाट उनीहरुले आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरेका हुन् ।

हिजो आइतबार उनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग छलफल गरेसँगै हालका लागि आन्दोलन स्थगित भएको जानकारी दिइएका हुन्  । विशेषगरी  सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले मन्त्री किरातीसँगको भेटमा मन्त्रीले ग्राउण्ड ह्याडलिङको विषयमा मन्त्रीपरिषद्बाटै निर्णय हुने भएको प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेको प्रष्ट पार्नुभयो ।

आन्दोलनकारीले मन्त्री किरातीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङलाई सुरक्षित गर्ने र निर्णय गर्दा मन्त्रीपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन गर्ने निर्णय भएको जानकारी दिए । यस्तै  मन्त्रालयले ग्राउण्ड ह्याडलिङको बारेमा नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको र ग्राउण्ड ह्याडलिङको विषय सरकारले स्वामित्व लिने प्रतिबद्धता व्यक्त गरेको बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार