त्रिविको दीक्षान्त समारोह गिनिज वर्ल्ड रेकर्डको टाेलीले अवलोकन गर्दै

काठमाडौँ । आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई गिनिज बुक अफ द वर्ल्डले अवलोकन गरिरहेएको ।

विशेषगरी धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले गिनिज बुकलाई रेकर्डका लागि निवेदन दिइएको थियो। त्यसैका लागि अवलोकन गर्न प्रतिनिधि टोली काठमाडौँ आएको हो।

यस्तै टोलीले आजको दीक्षान्त समारोहको अवलोकन गर्नेछ । त्यसपछि वर्ल्ड रेकर्डका लागि अघि बढ्ने त्रिविले जनाएको छ। आजको दीक्षान्त समारोहमा १२ हजार ४१५ जनाले अनलाइनमार्फत आवेदन भरेका थिए। त्रिविका अनुसार गत वर्ष त्रिविबाट ७३ हजार बढी विद्यार्थी पास आउट भएका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार