आज त्रिविको ४९ औँ दीक्षान्त समारोह हुँदै

काठमाडौँ । आज त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना हुँदैछ ।

आज दिउँसो दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल हुनु हुनेछ । अहिले बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु गर्ने कार्यक्रम हुने बताइएको छ ।

विशेषगरी यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले जानकारी दिइनु भयो । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेको बताइएको छ ।

यस्तै अनलाइन मार्फत आवेदन दिएका विद्यार्थीहरू दीक्षित हुन लागेको दाहालले बताउनुभयो । यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित हुँदैछन् । उनीहरूलाई आज राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

विशेषगरी एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले जानकारी दिइनु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार