इजरायलमा रहेका नेपाली लिन आजै जहाज पठाइने

काठमाडौं, गत शनिबारबाट सुरू भएको इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणपछि द्धन्द्धग्रस्त क्षेत्रका नेपाललाई उद्धार गर्न नेपालबाट आजै जाहज पठाइने भएको छ ।

नेपाल वायु सेवा निगमको जाहज आज राति ११ बजे इजरायल पठाउने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

प्रधानमन्त्री र पर्यटनमन्त्रीको छलफलपछि निगमले आजै जाहज पठाउन लागेको हो । हमास समूहको हमलामा परेर १० जना नेपालीले ज्यान गुमाएका छन् । रासस

रिपोर्टस नेपालको अर्काइभबाट

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार