जनवरीको पहिलो साता भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल आउँदै

काठमाडौँ । जनवरीको पपहिलो साता भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन् । विशेषगरी उनीहरू नेपाल–भारत विदेश मन्त्रीस्तरीय संयुक्त बैठकका लागि नेपाल आउन लागेको बताइएको छ ।

यस्तै भारतीय विदेश मन्त्री एस जयशंकरको भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास जुटिसकेका छन् । यद्यपि संयुक्त बैठकमा के-के एजेण्डामा छलफल हुने त्यसको बारेमा तयारी सुरु गर्ने बताए ।

परराष्ट्र मन्त्रालयले जनवरीको पहिलो साता भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल आइपुग्ने भए पनि हालसम्म मिति भने तय नभएको जानकारी दिइएको छ । सम्पूर्ण तयारी पुरा भएपछि मिति तय हुने मन्त्रालयले बताएको छ ।

यस्तै भ्रमणको क्रममा जलविद्युत, सीमा सुरक्षा, उद्योग व्यपारलगायतका विषयमा छलफल हुने जानकारी दिइएको छ । भारतले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने निर्णय गरिसकेको छ भने त्यस विषयमा पनि सम्झौता हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार