मन्त्रिपरिषद् बैठकका ३५ निर्णयहरु यस्ता छन्

काठमाडौं । आज सरकारले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । विशेषगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज दिउँसो सार्वजनिक गर्नु भयो ।

यस्तै सरकारले माल्दिभ्सको मालेमा मङ्सिर २७ र २८ गते हुने एक बैठकमा महान्यायाधिवक्ता डा. दिनमणि पोखरे सहभागी हुने कार्यतालिका स्वीकृत गरेको बताउनुभयो । यद्यपि आज सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा  उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने गरेको छ ।

नेपाल सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय आज गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार